काठमाडौं । सहकारीको रकम अपचलनमा पक्राउ परेका रवि लामिछानेको रिहाईको माग गर्दै प्रद्शनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।
नाराबाजीसहित भीड अनियन्त्रित हुन थालेपछि नियन्त्रणमा लिन त्यसो गरिएको प्रहरीले जनाएको छ । प्रद्शनको क्रममा केही प्रदर्शनकारी समान्य घाइते भएका छन् ।
पानीको फोहोरा र अश्रुग्यास हानेपछि रास्वपाका कार्यकर्ता तितरबितर भएका थिए । उनीहरुले अझै पनि निषेधित क्षेत्र छोड्न भने मानेका छैनन् ।
.jpg)


