सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमालेको भविष्यका बारेमा अन्य पार्टीले चिन्ता लिनुपदैन :शंकर पोखरेल

एक्सप्रेस पाना
कार्तिक ५, २०८१ सोमबार
  • 198
    SHARES
  • एमालेको भविष्यका बारेमा अन्य पार्टीले चिन्ता लिनुपदैन :शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा अन्य पार्टीका नेता र कार्यकताले चिन्ता नलिनु नपर्ने बताएका छन् ।  

    images

    सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै अन्य पार्टी लाई बरु आआफ्नै पार्टी राम्रो बनाउनतिर लाग्न सुझाव दिएका हुन् ।खासगरी व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा दानको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला उनले यस्तो बताएका हुन् । 

    उनले भनेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आआफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ! नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा एमालेजनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले)लाई राम्ररी थाह छ ।’

    images

    उनले एमाले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारासहित जनताको आकाङ्क्षा पूरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको बताएका छन् ।

    pokhrel.PNG