काठमाडौं । गण्डकी प्रदेशको वनमन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।
राजिव गुरुङ (दीपक मनाङे)ले अस्वीकार गरेको वन तथा वातावरण मन्त्रालयमा नेपाली कांग्रेसबाट निर्वाचित लमजुङका भेषबहादुर पौडेललाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका हुन् । यो संगै गण्डकीको मन्त्रीपरिषद्ले पूर्णता पाएको छ ।
पौडेल लमजुङ प्रदेश सभा (ख)बाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति हुन् । उनी शेखर कोइराला समूहका सांसद हुन् । यसअघि लमजुङबाटै निर्वाचित नेपाली कांग्रेसका डा. टकराज गुरुङ आर्थिक मामिला मन्त्री बनेका छन् ।
.jpg)


