सोमबार, कार्तिक १७ गते २०८३
images
images

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

एक्सप्रेस पाना
कार्तिक ६, २०८१ मंगलबार
  • 202
    SHARES
  • युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

    काठमाडौं । नेपालको सबैभन्दा ठुलो फास्ट मुभिंग कन्जुमर गुड्स ९ँःऋन्० कम्पनीहरू मध्ये एक युनिलिभर नेपाल सङ्कटको समयमा र सामान्य परिस्थितिमा पनि नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने प्रेरक शक्ति रही आएको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने प्रयासमा संलग्न छ ।

    images

    हालसालै गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको यस दुःखद घडीमा पिडित समुदायको सहयोगको लागि युनिलिभर नेपालले श्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री उपलब्ध गराएको छ ।

    यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक÷सीईओ, श्री अम्लान मुखर्जी र संस्थापक साझेदार, श्री रविभक्त श्रेष्ठले माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पूनःस्थापना गर्ने प्रयासमा एक्यबद्धता जनाउँदै रु ५० लाखको चेक हस्तान्तरण गरेका छन् । 

    images

    युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उदेश्यबाट प्रेरित छ । यस्ता प्रयासहरू मार्फत, युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पुर्‍याउने  आफ्नो प्रतिबद्धता देखाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # युनिलिभर नेपाल