काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज मंगलबार पनि पोखरामा विरोध प्रर्दशन गरेको छ।
पार्टी अध्यक्ष रवि लामिछाने पक्राउ परेसँगै रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले पोखरामा निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।
कार्यकर्ता तथा समर्थकहरुले न्याय मार्न पाइदैन,भष्टचार सरकार चाहिदैन,सहकारी पिडितलाई न्याय दे लगायतका प्लेकार्ड बोकेर प्रर्दशन गरिरहेका छन् । आज पोखराको पृथ्वीचोक, बुद्धचोक हुँदै अमरसिंह चोक पुग्ने बताइएको छ । 

रास्वपाले राजनीतिक प्रतिशोधका कारण लामिछानेलाई पक्राउ गरीएको दाबी गर्दै केपी ओली नेतृत्वको सरकारको कार्यशैलीप्रति विरोध गरेका छन् ।
गत शुक्रबार सहकारी रकम अपचलनको आरोपमा लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । आइतबार जिल्ला अदालत कास्कीले उनलाई ६ दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको थियो ।




