सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख जम्मा

एक्सप्रेस पाना
कार्तिक ७, २०८१ बुधबार
  • 269
    SHARES
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख जम्मा

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ रुपैयाँ जम्मा भएको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरणअनुसार उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ ।


    सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ ।

    images

    विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।