मंगलबार, भाद्र २३ गते २०८३
images

पोखरामा जारी रास्वपाको विरोध प्रदर्शनप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

एक्सप्रेस पाना
कार्तिक ७, २०८१ बुधबार
  • 299
    SHARES
  • पोखरामा जारी रास्वपाको विरोध प्रदर्शनप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेका समर्थकहरुले गरेको प्रदर्शन र अनुचित गतिविधिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले प्रेस विज्ञप्ति जारी गरेर रास्वपाको पोखरामा जारी आन्दोलन प्रति ध्यानाकर्षण गराएको हो । 

    images

    जारी विज्ञप्तिमा भनिएको छ, "सहकारी ठगी प्रकरणमा केही दिन अघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरुलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि भैरहेकोले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यका वैधानिक निकायबाट भैरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्‍याउने गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भत्र्सना गर्दछ" 

    प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरू माथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनु पर्छ भन्ने मान्यताप्रति कांग्रेस प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

    images

    Kartik 07, Press Release page 1 (1).jpg

     

     

  • सम्बन्धित विषय:

  • # सिन्धु कांग्रेस
  • # रास्वपा