काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारको १०० दिनको कामबारे जानकारी गराउँदै मन्त्री पाण्डेले धर्मशाला विवादबारे कानूनी र शान्तिपूर्ण समाधान खोज्ने गरी अध्ययन समिति गठन गरेको बताएका हुन् ।
उनले समितिले दिने प्रतिवेदनका आधारमा पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताए । मन्त्री पाण्डेले मारबाडी सेवा समिति अदालत गएकाले अदालतको आदेशलाई पनि सम्मान गर्दै अघि बढ्ने स्पष्ट पारे ।
त्यस्तै, पर्यटन, संस्कृति तथा नागरिक उड्ययन क्षेत्रको समग्र सुधारका लागि आवश्यक कानूनी व्यवस्थाप्रति मन्त्रालयको विशेष ध्यान केन्द्रित भएको मन्त्री पाण्डेले बताए ।
.jpg)


