सोमबार, कार्तिक १७ गते २०८३
images
images

रास्वपाको विरोध प्रदर्शनप्रति एमालेको आपत्ति

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 232
    SHARES
  • रास्वपाको विरोध प्रदर्शनप्रति एमालेको आपत्ति

    काठमाडौं । पोखरामा रास्वपाले गरेको विरोध प्रदर्शनप्रति सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

    images

    सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बचाउमा सडक आन्दोलन भएपछि एमालेले आपत्ति जनाएको हो ।

    बिहीबार एमाले महासचिव शङ्कर पोखरेलले एक विज्ञप्ति जारी गर्दै छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा छानबिन र अभियोजनको कामलाई नै प्रभावित गर्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

    images

    विज्ञप्तिमा भनिएको छ,"संसद्मा रहेका प्रमुख दलहरूको संलग्नतामा बनेको कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई प्रतिनिधिसभाले ग्रहण गरी सरकारलाई कार्यान्वयन गर्न निर्देशन गरेको थियो । उक्त प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिहरूका सन्दर्भमा भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सहयोग गर्नु सबैको साझा कर्तव्य हो" ।

    संसदीय छानबिन समितिले सर्वसम्मत रूपमा औँल्याएको विषयमा छानिनको प्रक्रिया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री र नेपाल सरकारका जिम्मेवार व्यक्ति र निकायका विरुद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने र गलत आक्षेप लगाउँदै छानिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय भएको एमालेको ठहर छ ।

    राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको एमालेले जनाएको छ ।