शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ’फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक ९, २०८१ शुक्रबार
  • 235
    SHARES
  • चलचित्र ’फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ’फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। 

    images

    बिहीबार सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ । छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र‘फिरफिरे फिरिरी’ भने हरर–कमेडी हो । 

    २ मिनेट ४२ सेकेण्ड लम्बाईको ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकहरुको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा देखाएको छ ।

    images

    ‘जुलेबी’ फेम्ड निर्माता नविन भट्टको निर्देशनमा तयार भएको चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । 

    निर्देशक भट्ट र सन्दीप श्रेष्ठले चलचित्रको स्क्रिप्ट तयार पारेका हुन् । मनोज कुमार अधिकारी चलचित्रका निर्माता हुन् । 

  • सम्बन्धित विषय:

  • # फिरफिरे फिरिरी