शनिबार, भाद्र २७ गते २०८३
images

बजारमा सिटामोलको अभाव छैन:औषधि लिमिटेड

एक्सप्रेस पाना
कार्तिक ९, २०८१ शुक्रबार
  • 251
    SHARES
  • बजारमा सिटामोलको अभाव छैन:औषधि लिमिटेड

    काठमाडौं । बजारमा सिटामोलको अभाव रहेको भन्ने कुरा हल्लामात्र भएको नेपाल औषधि लिमिटेडले जनाएको छ । 

    images

    नेपाल औषधि लिमिटेडले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै सिटामोलको उत्पादन र आपूर्ति नियमित भइरहेकाले अभाव नरहेको दाबी गरेको हो। 

    लिमिटेडको प्रमुख उत्पादनको रूपमा रहेको सिटामोल खरिदका लागि सम्पर्क गर्ने सबै स्टकिष्ट, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ। 

    images

    डेंगु संक्रमण बढेको अवस्थामा सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडले आफ्नो बिक्री महाशाखाको काउण्टरबाटसमेत खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ। 

    काठमाडौंको बबरमहलस्थित काउण्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाएको लिमिटेडले जनाएको छ। 

    WhatsApp-Image-2024-10-24-at-06.09.01.jpeg

  • सम्बन्धित विषय:

  • # नेपाल औषधि लिमिटेड
  • # सिटामोल