काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले आजदेखी काठमाडौंस्थित माइतीघर मण्डलबाट विरोध प्रदर्शन सुरु गरेको छ ।
केहि दिनदेखी पोखरामा गरिरहेको प्रदर्शन नतिजामुखी नभएपछि रास्वपा काठमाडौंकेन्द्रित भएको बताइएको छ ।
शुक्रबार माइतीघर मण्डलामा प्लेकार्डसहित भेला भएर रवि लामिछाने पक्राउको विरोध गरेका हुन्। आन्दोलनमा रास्वपाका सांसदसहित नेता कार्यकर्ता र समर्थकहरू सहभागी छन् ।

रास्वपा कार्यकर्ता तथा समर्थकहरुले ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर!, ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन!’ भ्रष्टचारी सरकार चाहिदैन,सहकारी पिडितलाई न्यया दे, जस्ता प्लेकार्ड लिएर विरोध गरेका छन् ।


सहकारी रकम अपचलनको आरोपमा सभापति रवि लामिछाने पक्राउपछि रास्वपाले विरोध प्रदर्शन गर्दे आएको थियो ।



