काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गरेको छ ।
भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा माओवादी केन्द्रले सभाअघी जुलुस सुरु गरेको थियो ।
सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजारहुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ। सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, भ्रष्टाचारजन्य गतिबिधिलाई सार्वजनिक संस्थाहरुमाथिको हस्तक्षेप तथा निजीकरण, बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन खबरदारी सभा आयोजना गर्न लागिएको जनाएको छ।



.jpg)


