काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार थियो।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा कायम भएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ भने कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ २१ पैसा कायम भएको छ।
त्यसैगरी आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०५ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा कायम भएको छ।



