मंगलबार, भाद्र २३ गते २०८३
images

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनित

एक्सप्रेस पाना
कार्तिक १२, २०८१ सोमबार
  • 216
    SHARES
  • कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपन्न उत्थान समन्वय विभागमा १० सदस्यहरू मनोनयन गरेका छन् । 

    images

    देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेका नेपाली कांग्रेस विपन्न उत्थान समन्वय विभागको सदस्यमा १० सदस्यहरूलाई मनोनयन गरेका हुन् ।

    मनोनयन भएका सदस्यहरूमा राम नारायण कठरिया महतो कैलालीबाट,रामदत्त जोशी (लेकुडा) डडेल्धुरा,हेमलाल पाण्डे बर्दिया,दिपकराज तिमिल्सिना बर्दिया,ठाकुरप्रसाद भुसाल बाँके, श्यामकुमार बुढा रुकुम (पूर्व),उपेन्द्रराज सिग्देल नवलपुर,श्रवणराज मैनाली बारा, सितादेवी सापकोटा (फुयाल)काठमाण्डौ र प्रह्लादकुमार कामत सुनसरीबाट मनोनयन भएका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # कांग्रेस