काठमाडौं । पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै कास्कीमा डेंगु सङ्क्रमण भएको छ । कास्कीमा सात हजार ८० जनामा सङ्क्रमण भएको छ भने काठमाडौंमा चार हजार ६० जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ। अहिलेसम्म डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।


