सोमबार, कार्तिक १७ गते २०८३
images
images

लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग

एक्सप्रेस पाना
कार्तिक १२, २०८१ सोमबार
  • 265
    SHARES
  • लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग

    काठमाडौं । सहकारी रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न माग गरेका छन् ।

    images

    बिहिबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रास्वपा सांसद चन्दा कार्की भण्डारीले सभापति लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिने विषयमा सोच्न बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेकी हुन् । 

    सांसद कार्कीले आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न नखोजेको स्पष्ट पार्दै लामिछानेलाई थुनामा राख्दा स्वस्फूर्त जमातले चिन्ता व्यक्त गरेको बताइन् ।

    images

    "गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु’, ‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन । देशको चौथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो,"उनले भनिन्।