मंगलबार, भाद्र २३ गते २०८३
images

बालुवाटारबाट रास्वपाका ११ जना नेता कार्यकर्ता पक्राउ

एक्सप्रेस पाना
कार्तिक १३, २०८१ मंगलबार
  • 293
    SHARES
  • बालुवाटारबाट रास्वपाका ११ जना नेता कार्यकर्ता पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले बालुवाटारबाट नियन्त्रणमा लिएको छ ।

    images

    पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलन गर्दै आएको रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारमा भेला हुदै गरेका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

    रास्वर्पा का काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लिएको रास्वपाले जनाएको छ । 

    images

    कार्यवाहक महामन्त्री  बुर्लाकोटीले पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दै गएको बताए ।

     

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # पक्राउ