सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रदर्शनमा पक्राउ परेका नेता कार्यकतालाई तत्काल रिहाइ गर्न रास्वपाको माग

एक्सप्रेस पाना
कार्तिक १३, २०८१ मंगलबार
  • 220
    SHARES
  • प्रदर्शनमा पक्राउ परेका नेता कार्यकतालाई तत्काल रिहाइ गर्न रास्वपाको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटारमा भएको विरोध प्रदर्शनमा पक्राउ परेका नेता कार्यकताहरूलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।

    images

    विरोध प्रदर्शनका क्रममा रास्वपाका सांसद अशोक चौधरी,केन्द्रीय सदस्य पुकार बम,रामकृष्ण भट्टराई, रास्वपा काठमाडौं सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन सहित ५१ जनालाई मंगलबार प्रहरीले नियनत्रणमा लिएको हो ।

    रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले एक विज्ञप्ति जारी गर्दै उनीहरूको रिहाइ बिना सर्त तत्काल गरिनुपर्ने माग गरेका छन् ।

    images

    विज्ञप्तिमा भनिएको छ,"शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकारविरुद्ध राज्य पक्षबाट भएको दुर्व्यवहार प्रति घोर भर्त्सना गर्दै गिरफ्तार भएका सबैलाई बिना सर्त तत्काल रिहाईको माग गर्दछौँ। शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रबैयाको निन्दा गर्दछौँ। शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक मूल्यमान्यतामा प्रहार गरिरहेकाले अन्यायका विरुद्ध ऐक्यबद्धता जनाउन आम जनसमुदायलाई अपिल सहित नागरिकको अधिकार हनन् हुने कुनै पनि गतिविधि नगर्न सरकारको ध्यानाकर्षण गर्दछौँ"