मंगलबार, भाद्र २३ गते २०८३
images

बालुवाटारबाट पक्राउ परेका रास्वपा सांसद चौधरीसहितका ५१ जना रिहा

एक्सप्रेस पाना
कार्तिक १३, २०८१ मंगलबार
  • 319
    SHARES
  • बालुवाटारबाट पक्राउ परेका रास्वपा सांसद चौधरीसहितका ५१ जना रिहा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहितका ५१ जना रिहा भएका छन् ।

    images

    बालुवाटारबाट मंगलबार दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् ।

    पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार बालुवाटारमा गरेको प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरी,केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका आन्दोलन संयोजक पुकार बम,केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, रास्वपा काठमाडौं सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन सहित ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    images

    सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा गत कार्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाटै रवि लामिछाने पक्राउ परेका थिए । लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ ।

     

  • सम्बन्धित विषय:

  • # रास्वपा