काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा कायम भएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ भने कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५६ पैसा कायम भएको छ।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा कायम भएको छ।



