आइतबार, कार्तिक १६ गते २०८३
images
images

तिहार बिदामा पनि सर्वोच्च अदालत खुल्ला रहने

एक्सप्रेस पाना
कार्तिक १४, २०८१ बुधबार
  • 306
    SHARES
  • तिहार बिदामा पनि सर्वोच्च अदालत खुल्ला रहने

    काठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ ।

    images

    तिहारको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

    बुधबार सर्वोच्च अदालत प्रशासनले एक सूचना जारी गर्दै भनेको छ,‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।’

    images

     

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत