आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो डिजेल र मट्टितेलको मूल्य

एक्सप्रेस पाना
कार्तिक १५, २०८१ बिहीबार
  • 254
    SHARES
  • घट्यो डिजेल र मट्टितेलको मूल्य

    काठमाडौं । सरकारले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

    images

    बिहिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बिहिबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटाएको हो ।

    मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ ।

    images

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

    इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ र डिजेलमा १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # डिजेल