सोमबार, कार्तिक १७ गते २०८३
images
images

रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइदै

एक्सप्रेस पाना
कार्तिक २०, २०८१ मंगलबार
  • 198
    SHARES
  • रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइदैछ । 

    images

    सहकारी ठगि, संगठित अपराधमा पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । 

    कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो । थपिएको म्याद कात्तिक १४ गते बुधवार सकिएको थियो । तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ ।

    images

    पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान गरिरहेको छ ।

    आज म्याद थपपछि लामिछानेलाई बयानको लागि रुपन्देही लैजाने प्रहरीको तयारी छ । रुपन्देही जिल्ला अदालतले यसअघि नै लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।