मंगलबार, भाद्र २३ गते २०८३
images

निषेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार

एक्सप्रेस पाना
कार्तिक २०, २०८१ मंगलबार
  • 240
    SHARES
  • निषेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार

    काठमाडौं । पोखरामा प्रहरीले रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार गरेको छ ।

    images

    सभापति रवि लामिछाने पक्राउको विरोधमा मंगलबार प्रदशर्नमा उत्रिएका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

    रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । राजनीतिक प्रतिशोधले लामिछानेलाई पक्राउ गरिएको बताउँदै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

    images

    लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि रास्वपाले पोखरामा प्रदर्शन जारी राखेको छ ।

     

  • सम्बन्धित विषय:

  • # रास्वपा