काठमाडौं । पछिल्लो समय देशभर डेंगी संक्रमण बढ्दै गएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशका २८ हजार २ सय १२ जना यसको संक्रमण देखिएको हो। सबै भन्दा बढि गण्डकी प्रदेशमा १३ हजार ८ सय ९८ जनामा संक्रमण फैलिइसकेको छ।
त्यसैगरीबागमती प्रदेशमा ९ हजार १ सय ३२ जना,कोसी प्रदेशमा १७ सय ४२, लुम्बीनीमा १४ सय ४५ र सुदूरपश्चिममा ११ सय ८९ जनामा संक्रमण देखिएको छ।
मधेस र कर्णाली प्रदेशमा सबैभन्दा कम संक्रमित छन्। मधेस प्रदेशमा ४ सय ८७ र कर्णालीमा ३ सय १९ जनामा यसको संक्रमण देखिएको छ। धेरै संक्रमण देखिएका १० जिल्लामा कास्की, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर, चितवन, बागलुङ, गोरखा, भक्तपुर र कैलाली छन्।
यी दस जिल्लामध्ये कास्की, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर, चितवन गरी ६ जिल्ला उच्च जोखिममा छन्।
देशका ७६ जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ।


