सोमबार, कार्तिक १७ गते २०८३
images
images

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

एक्सप्रेस पाना
कार्तिक २०, २०८१ मंगलबार
  • 197
    SHARES
  • रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । सहकारी रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । 

    images

    मंगलबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी मंगलबार म्याद थप भएको हो । लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीले भने थप २५ दिन मागेको थियो ।

    images

    न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीले जनाएको छ ।