आइतबार, कार्तिक १६ गते २०८३
images
images

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

एक्सप्रेस पाना
कार्तिक २१, २०८१ बुधबार
  • 329
    SHARES
  • टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

    काठमाडौं । सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ।

    images

    टिकटकले आवश्यक कागजात पेस गरेसँगै हालै विधिवत रूपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । 

    सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको मन्त्रालयले जनाएको छ । 

    images

    यसअघि अश्लीलता फैलाएको भन्दै २०८० कात्तिक २७ मा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो। तर, गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो। यससँगै आधिकारिक रूपमा दर्ता गरेर सञ्चालन गर्नको लागि सहमति जनाउँदै टिकटकले आवश्यक प्रक्रिया पुरा गरेको हो । 

     

  • सम्बन्धित विषय:

  • # टिकटक