बुधबार, भाद्र २४ गते २०८३
images

समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भने- मेरो यो जित अमेरिकाको लागि ‘स्वर्ण युग’ हुनेछ

एक्सप्रेस पाना
कार्तिक २१, २०८१ बुधबार
  • 292
    SHARES
  • समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भने- मेरो यो जित अमेरिकाको लागि ‘स्वर्ण युग’ हुनेछ

    काठमाडौं । अमेरिकामा जारी राष्ट्रपति चुनावमा आफु विजयी भएको घोषण गर्दै रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन् ।

    images

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्प श्रीमती र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए ।

    ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो जितको घोषणा गरेका हुन यद्यपि, यसको औपचारिक घोषणा भने भइसकेको छैन ।उनले यो जित अमेरिकाको लागि ‘स्वर्ण युग’ हुने बताए । 

    images

    ट्रम्पले भने, "हामी हाम्रो देशलाई बलियो बनाउन मद्दत गर्नेछौं ।’ जित अमेरिकाको लागि ‘स्वर्ण युग’ हुनेछ । ‘यो अमेरिकी जनताको लागि ठूलो विजय हो । जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ ।"

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प