असोज २० काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाउन दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।
माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने छ ।यस्तै जनता समाजवादी पार्टीको आजको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउने तयारी छ ।
यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पनि बस्दै छ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री देउवाले दुई मन्त्रालय पाउने भए पनि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ । सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, राजन केसी र तुलानारायण चौधरीको नाममा छलफल हुनेछ । जसमध्ये दुईजनालाई मन्त्रीका लागि सिफारिस गरिने छ ।
.jpg)


