काठमाडौं । उत्साहजनक रुपमा दोस्रो सातामा चलिरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्ड बनाएको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रले पहिलो साता ८ करोड २५ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ। टिमले पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
कार्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बिहीबार नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको थियो । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको जनाएको छ ।
काठमाडौँ उपत्यकामा एक सय ८० र उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएर चलचित्र उत्साहजनक रूपमा प्रदर्शन भइरहेको निर्माण टिमले जनाएको छ ।
चलचित्रमा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।


