सोमबार, कार्तिक १७ गते २०८३
images
images

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु :दीपक मनाङे

एक्सप्रेस पाना
कार्तिक २३, २०८१ शुक्रबार
  • 236
    SHARES
  • फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु :दीपक मनाङे

    काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् ।

    images

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङे सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको उल्लेख गर्दै पूर्ण पाठ लिखित 
    रुपमा प्राप्त भएपछि आएपछि आफू अदालतमा उपस्थित हुने बताएका हुन् । 

    उनले सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि मोबाइल बन्द गरेको बताए । 

    images

    उनले भनेका छन्, "फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ । अन्तमाः सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।"

    मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

    गत मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

    diapkaka.jpg

  • सम्बन्धित विषय:

  • # दीपक मनाङे