सोमबार, कार्तिक १७ गते २०८३
images
images

मानव तस्करीको आरोप लागेका मन्त्री अधिकारी पार्टीबाट निलम्बित

एक्सप्रेस पाना
कार्तिक २४, २०८१ शनिबार
  • 235
    SHARES
  • मानव तस्करीको आरोप लागेका मन्त्री अधिकारी पार्टीबाट निलम्बित

    काठमाडौं । मानव तस्करीको आरोप लागेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ ।

    images

    शनिबार च्यासलमा बसेको एमाले सचिवालय बैठकले हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो । 

    एमाले नेता प्रदीप ज्ञवालीले भने,कानुनी निरूपण नभएसम्मका लागि कोसी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारीहरू र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने जुन निर्णय गरेको छ, त्यो निर्णयलाई अनुमोदन गर्दै उहाँलाई सबैखाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ,” ।

    images

    संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी यही कात्तिक १३ गते जापान गएका थिए । उनीसँगै तीनजना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको थियो ।
    टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको पाइएको थियो । नेपाल फर्कनासाथ उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।