मंगलबार, भाद्र २३ गते २०८३
images

दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपाको निर्णय

एक्सप्रेस पाना
कार्तिक २४, २०८१ शनिबार
  • 345
    SHARES
  • दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

    images

    शनिवार बसेको केन्द्रीय समितिको बैठकले राज्यसत्ताको स्वेच्छाचारी र अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । 

    रास्वपाले राज्यको स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत भएको निष्कर्ष निकालेको छ । यसैगरी बैठकले सहकारी रकम अपचलनमा पक्राउ परेका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको ठहर गरेको छ ।

    images

    बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडिलाटी लगायतका विषयमा छलफल भएको बताइएको छ । 

    465271759_545315661541766_2372680973706458446_n.jpg

  • सम्बन्धित विषय:

  • # रास्वपा