सोमबार, कार्तिक १७ गते २०८३
images
images

मानव तस्करीको आरोप लागेका अधिकारी प्रहरी नियन्त्रणमा

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 227
    SHARES
  • मानव तस्करीको आरोप लागेका अधिकारी प्रहरी नियन्त्रणमा

    काठमाडौं । मानव तस्करीको आरोप लागेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    प्रहरीका अनुसार नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा उनलाई नियन्त्रणमा लिइएको हो । 

    अधिकारीलार्ई विराटनगरबाट काठमाडौँ ल्याइँदैछ ।

    images

    संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी यही कात्तिक १३ गते जापान गएका थिए र उनीसँगै तीनजना नक्कली कार्ड बनाएर जापान उडेको खुलेको थियो ।

    टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको पाइएको थियो । नेपाल फर्कनासाथ उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।