आइतबार, कार्तिक १६ गते २०८३
images
images

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 274
    SHARES
  • सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई नियुक्त गरेका छन् ।

    images

    आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ (२) बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् ।

    योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिए ।

    images

    संसदीय सुनुवाइ समितिले शुक्रबार योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डेय दुवैको नाम अनुमोदन गरेको थियो ।

    संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नृपध्वज निरौला
  • # नित्यानन्द पाण्डे