मंगलबार, भाद्र २३ गते २०८३
images

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो:डोलप्रसाद अर्याल

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 337
    SHARES
  • जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो:डोलप्रसाद अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै रहने बताएका छन् ।

    images

    आइतबार पोखरामा आयोजित रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै उपसभापति अर्यालले कार्यवाहक कसले पाउछ भन्ने विषय गौण रहेको बताउदै जिउदो रहेसम्म रास्वपाको सभापति लामिछाने नै भएको स्पष्ट गरेका हुन् । 

    उनले भने,"रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो । उहाँको सभापति पद निरन्तर रहन्छ । उहाँ जहाँ बस्नुहुन्छ, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला, रास्वपाको सभापति रवि लामिछाने नै हो । उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ । संसारमा यस्ता इतिहास धेरै छन्, जसले जेलमै बसेर पार्टी सञ्चालन गरेका छन्। त्यतिमात्र होइन जेलबाट निस्किएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेको इतिहास छ। हामी विचलित हुनु हुँदैन ।"

    images

    सभापति लामिछाने पक्राउ परेपछि रास्वपाले पार्टीको कार्यवाहक नतोकेको भन्दै सार्बजनिक रुपमा आलोचना भइरहेका बेला उपसभापति अर्यालको यस्तो धारणा बाहिर आएको हो ।

     

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # डोलप्रसाद अर्याल