काठमाडौं । उत्साहजनक रुपमा प्रदर्शन भइरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार आम्दानी गरिरहेको छ ।
चलचित्रले रिलिजको १० दिन (शनिबारसम्म) मा १७ करोड ९८ लाख ग्रस कमाउन सफल भएको वितरण कम्पनीले जनाएको छ ।
चलचित्रले शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख ग्रस आम्दानी गरेको थियो भने आइतबार यता पनि राम्रो आम्दानी गरेको छ। चलचित्र आजको दिनसम्म पनि देशभर हाउसफूलसहित चलिरहेको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रले सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्ड बनाएको छ ।
चलचित्रमा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।


