मंगलबार, भाद्र २३ गते २०८३
images

रवि लामिछानेलाई मंगलबार बुटवल लगिने तयारी

एक्सप्रेस पाना
कार्तिक २६, २०८१ सोमबार
  • 252
    SHARES
  • रवि लामिछानेलाई मंगलबार बुटवल लगिने तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बुटवल लगिने तयारी गरिएको छ । 

    images

    हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान बुटवल लैजाने तयारी गरिएको हो।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेको हो। सूर्यदर्शन सहकारीको ठगी आरोपमा पोखरामा बयान सकिएकाले उनलाई बुटवल पठाउने तयारी भएको कास्की प्रहरीले जानकारी दिएको छ।

    images

    बुटवलमा पनि उनीविरुद्ध पक्राउ पूर्जि जारी भइसकेको छ। 

    रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाठ पक्राउ गरेर पोखरा लगिएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने