बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘कार्साङ’मा जितु नेपाको क्यारेक्ट लुक्स सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक २७, २०८१ मंगलबार
  • 258
    SHARES
  • चलचित्र ‘कार्साङ’मा जितु नेपाको क्यारेक्ट लुक्स सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

    images

    मंगलबार निर्माणपक्षले चलचित्रमा जितु नेपाको क्यारेक्ट लुक्स सार्वजनिक गरेको हो । 

    जितुले कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका छन् । यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको ‘कार्साङ’ले विस्तारै प्रचार सुरु गरेको छ। 

    images

    यम शेर्पाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कार्साङ्’ पुस २६ गते पदर्शन हुँदैछ।

    शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन्।

  • सम्बन्धित विषय:

  • # ‘कार्साङ