बुधबार, भाद्र २४ गते २०८३
images

जो बाइडेन र डोनाल्ड ट्रम्पबीच भेटवार्ता

एक्सप्रेस पाना
कार्तिक २९, २०८१ बिहीबार
  • 270
    SHARES
  • जो बाइडेन र डोनाल्ड ट्रम्पबीच भेटवार्ता

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । 

    images

    स्थानिय सञ्चार माध्यमका अनुसार गएराती ह्वाइटहाउसमा भएको भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको थियो । अमेरिकी राजनीतिमा निर्वाचनपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहदै आएको छ ।

    बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट गरेका थिए । ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः आउन पाउदा खुशी लागेको उल्लेख सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढिरहेकोमा सन्तोष व्यक्त गरेका थिए ।

    images

    यस भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुगेका थिए । जसमा उनले नियुक्त गरेकी चिफ अफ स्टाफ सिसे वाइल्स पनि रहेकी थिइन् ।

     

  • सम्बन्धित विषय:

  • # जो बाइडेन
  • # डोनाल्ड ट्रम्प