काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा थियो।
त्यसैगरी आजको युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा छ भने पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३५ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा छ भने कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९० पैसा छ।



