सोमबार, कार्तिक १७ गते २०८३
images
images

माओवादी केन्द्रनिकट कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख रुपैयाँ सहयोग

एक्सप्रेस पाना
कार्तिक २९, २०८१ बिहीबार
  • 209
    SHARES
  • माओवादी केन्द्रनिकट कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख रुपैयाँ सहयोग

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । 

    images

    बिहिबार बिहान महासंघले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

    महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरुले चेक हस्तान्तरण गरेका थिए । यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको महत्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो ।

    images

    सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरुले सहयोग संकलन गरेकोमा धन्यवाद दिए ।

     

  • सम्बन्धित विषय:

  • # कर्मचारी महासंघ