शनिबार, भाद्र २७ गते २०८३
images

भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’यूट्युबमा सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक २९, २०८१ बिहीबार
  • 260
    SHARES
  • भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’यूट्युबमा सार्वजनिक

    काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली चलचित्र ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् ।

    images

    बुधवारदेखि यो चलचित्र यूट्युबमा ओएसआर डिजिटलको च्यानल मार्फत चलचित्र सार्वजनिक गरिएको हो ।

    लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो चलचित्रलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् ।

    images

    १३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको चलचित्र ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो ।

    यो चलचित्रमा सत्यराज नै पिताको भूमिकामा छन् । फिल्ममा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । यो चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।

    गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # ‘आचार्य