आइतबार, कार्तिक १६ गते २०८३
images
images

स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिदै

एक्सप्रेस पाना
मंसिर २, २०८१ आइतबार
  • 268
    SHARES
  • स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिदै

    काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवार दर्ता हुदैछ । 

    images

    निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

    आयोगले आजै उम्मेदवारी दर्ताको सूची प्रकाशन गर्ने जानकारी दिएको छ भने उम्मेदवारी विरोधमा उजुरी सोमबार १० बजेदेखि ३ बजेसम्म दिन सकिने आयोगले जनाएको छ । त्यस्तै आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलबार नै प्रकाशित गर्ने छ ।

    images

    त्यस्तै बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ ।

    अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग