आइतबार, कार्तिक १६ गते २०८३
images
images

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागु

एक्सप्रेस पाना
मंसिर २, २०८१ आइतबार
  • 215
    SHARES
  • उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागु

    काठमाडौं । आसन्न उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको छ । 

    images

    उपनिर्वाचन सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

    उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।

    images

    यस्तै, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।

    यसैगरी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृसंगठन, उमेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उमेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लागु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन
  • # आचारसंहिता