मंगलबार, भाद्र २३ गते २०८३
images

दोस्रो चरणको आन्दोलन घोषणा गर्दै रास्वपा

एक्सप्रेस पाना
मंसिर २, २०८१ आइतबार
  • 234
    SHARES
  • दोस्रो चरणको आन्दोलन घोषणा गर्दै रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । 

    images

    रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्न लागेको हो । 

    गत कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएसँगै रास्वपाले आज पत्रकार सम्मेलन गर्ने भएको हो ।  सहकारीको रकम ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति  रवि लामिछानेमाथि अनुसन्धान जारी छ। 

    images

    यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो । 

  • सम्बन्धित विषय:

  • # रास्वपा