काठमाडौं । आइतबार निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्यष्टि गरिदै छ ।
ढुंगानाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सोमबार बिहान ११ बजे सानो गौचरनमा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने बताइएको छ ।
ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्षनेताहरु सानो गौचरन जाने कार्यक्रम रहेको छ ।
ढुंगानाको फ्रन्टलाइन अस्पतालमा कलेजोको उपचारको क्रममा आइतबार दिउँसो निधन भएको थियो । वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेसका नेता ढुंगाना २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।
.jpg)


