सोमबार, कार्तिक १७ गते २०८३
images
images

पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिए राजीनामा

एक्सप्रेस पाना
मंसिर ३, २०८१ सोमबार
  • 205
    SHARES
  • पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिए राजीनामा

    काठमाडौं । पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।

    images

    अर्यालले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन् ।

    भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए ।

    images

    अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा दायर गरेको मुद्दामा अर्यालले कात्तिक १४ मा विशेष अदालतबाट सफाइ पाएका थिए ।

  • सम्बन्धित विषय:

  • # वैकुण्ठ अर्याल