बुधबार, भाद्र २४ गते २०८३
images

पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले दुई दिनसम्म कार्यालयमा आधा झण्डा झुकाउने

एक्सप्रेस पाना
मंसिर ३, २०८१ सोमबार
  • 263
    SHARES
  • पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले दुई दिनसम्म कार्यालयमा आधा झण्डा झुकाउने

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा नेपाली कांग्रेसले पार्टी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ।

    images

    सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको हो।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरेका छन् भने स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने पनि निर्णय केन्द्रीय समितिले गरेको छ।

    images

    बैठकले पूर्वसभामुख ढुंगानाको निधनमा गहिरो दुःख व्यक्तसमेत गरेको छ । 

  • सम्बन्धित विषय:

  • # पूर्वसभामुख
  • # निधन